अंगिकृतलाई १० बर्षपछि राष्ट्रपति/प्रधानमन्त्री बनाउने संबिधान संसोधन एमालेले मान्दैनः ढकाल

  २०७३ कार्तिक २१ गते १३:१९     विकासन्युज

bhanu-bhakta-dhakalकाठमाडौं, २१ कात्तिक । नेकपा(एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले अंगिकृत नागरिकता लिएको १० बर्षपछि मुलुकको राष्ट्रपति, प्रधानमन्त्री लगायतका प्रमुख संवैधानिक पदमा जान पाउने व्यवस्था एमालेलाई मान्य नहुने बताएका छन् ।

विकासन्युजसँग कुरा गर्दै एमाले प्रमुख सचेतक ढकालले भने–‘अंगिकृत नागरिकता लिएको १० बर्षपछि नै मुलुकको कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन पाउने गरि आएको संबिधान संसोधनको प्रस्ताव नेकपा(एमाले)लाई स्विकार्य हुँदैन् ।’

उनले नेपाली नागरिकसँग विवाह गरि जन्मिएका सन्तानका सवालमा बंशजको आधारमा नागरिकता लिन सकिने व्यवस्था बारे आफ्नो पार्टी सकारात्मक भएपनि अंगिकृतलाई १० बर्षपछि नै देशको प्रमुख पदमा पुग्ने संबैधानिक व्यवस्थाका पक्षमा उभिन नसक्ने बताएका हुन् ।
अंगिकृतका नाममा विदेशीलाई देशका प्रमुख पद दिने कुराले मुलुकको अस्थित्व नै संकटमा पर्ने भन्दै उनले पछिल्लो पटक अघि सारिएको संबिधान संसोधनको प्रस्तावमा एमालेले सहयोग नगर्ने स्पष्ट पारेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.