दाँत किराले खाएर हैरान हुनु भयो ? अपनाउनुस यी ४ घरेलु उपाय

  २०७३ कार्तिक १९ गते १३:११     विकासन्युज

teethकाठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ । यसरी दाँतमा लागेको किराको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँत माझ्दा गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ ।

२) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ ।

३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ ।

४) किरा लागेको दाँतमा बरको चोप लागाउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.