संविधान संशोधनमा एमालेकाे शर्त ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ’

  २०७३ कार्तिक १३ गते १५:५०     विकासन्युज

eshwor_pokharelकाठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) संविधान संशोधनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने सर्त अगाडि सार्ने भएको छ । संविधान संशोधनको विपक्षमा उभिदै आएको एमालेले प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीको व्यवस्था राख्न अरु दल सहमत भए एमाले संविधानका बाँकी विषयमा संशोधन गर्न तयार हुने जनाउ दिएको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताए । एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उनले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ ।

महासचिव पोखरेलले भने  ‘‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका थियौँ । एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन।”

वर्तमान सरकार संविधान संशोधन गरेर मधेशमा भईरहेको असन्तुष्टिलाई संबोधन गर्दै स्थानीय तहको निर्वाचन गराउने र संविधान कार्यान्वयन प्रभावकारी बनाउने बताउँदै आएको छ । तर एमाले अध्यक्ष केपी शर्मा अाेलीले औचित्य पुष्टि भए मात्र संविधान संशोधनमा जान सकिने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.