नेपालको आर्थिक विकासमा सहयोग गर्ने -अमेरिकी राजदूत एलैना बि टेप्लिज

  २०७३ कार्तिक ४ गते १८:०१     विकासन्युज

काठमाडौं, ४ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपालका लागि अमेरिकी राजदूत एलैना बि टेप्लिजले बिहिबार उद्योग मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच भएको भेटवार्तामा उद्योगमन्त्री जोशीले संविधान निर्माण पछिको वर्तमान अवस्थामा आर्थिक समृद्धि हासिल गर्न उद्योग मन्त्रालय लगानीको वातावरण बनाउन क्रियाशील रहेको बताए । सो अवसरमा उनले लगानीकर्तालाई आश्वस्त बनाउन मन्त्रालयले नीतिगत सुधार र उद्योगमैत्री वातावरण बनाउन लागि परेको मन्त्रालयले प्रयास गरिरहेको जानकारी दिए ।

uddhyogmantri_and_america_bउद्योगमन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यावसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशीक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको जानकारी दिए ।

भेटका अवसरमा उनले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्टरुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरेको उल्लेख गरे । त्यसैगरी गैरआवासीय नेपालीको लगानीमा थप सहजता, विदेशी लगानीको प्रवेश र बहिर्गमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीतिमा उल्लेख भएको मन्त्री जोशीले बताए ।

औद्योगिक वातावरणका लागि आवश्यक नीतिहरुको तर्जुमापछि आगामी मार्च महिनामा उद्योग मन्त्रालयले विदेशी लगानीकर्ता सम्मेलन गर्ने तयारी गरिएको भन्दै त्यसमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गरेका थिए ।

भेटमा अमेरिकी राजदूत टेप्लिजले उद्योग मन्त्रालयको अहिलेको कार्यप्रति सन्तोष व्यक्त गर्दैै नेपालको आर्थिक विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकको साथै वैदेशीक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव उनको थियो ।

नेपालमा उद्योग विकासको प्रशस्त सम्भावना रहेको भन्दै राजदूत टेप्लिजले आर्थिक विकासका लागि व्यावसायिक वतावरण बन्न जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.