महासंघको बिशेष साधारण सभाद्धारा बिधान संसोधन प्रस्ताव पारित, भवानी राणा स्वतः अध्यक्ष बन्ने

  २०७३ कार्तिक ४ गते १६:४०     विकासन्युज

काठमाडौं, ४ कात्तिक । नेपाल उद्योग बाणिज्य महासंघको बिशेष साधारण सभाले बिधान संसोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राजधानीको आर्मी अफिसर्स क्लबमा सम्पन्न बिशेष साधारण सभाले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने बिधान संसोधनको प्रस्ताव सर्व सम्मतिले पारित गरेको हो ।

fncci_sgm‘कार्य समितिले ल्याएका सबै प्रस्ताव सर्व सम्मतिले पारित भएका छन्, आगामी चैत २८ गतेको साधारण सभाले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष चयन गर्नेछ’, महासंघ कार्य समितिका सदस्य केशब पाण्डेले विकासन्युजसँग भने ।

महासंघको बिशेष साधारण सभाले महासंघको संस्थागत संरचना परिवर्तन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको उनले जानकारी दिए । जस अनुसार अब सात वटा प्रदेशमा महासंघको प्रान्तिय संरचना रहनेछ ।

महासंघका पुर्व अध्यक्ष चण्ढीराज ढकाल नेतृत्वको विधान संसोधन समितिले तयार पारेको प्रस्ताव अनुसार महासंघको विधान संसोधन भएको हो । यसले महासंघकी वर्तमान बरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष बन्ने बाटो खुल्ला गरेको छ । राणा महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्नेछिन् ।

महासंघमा अब बरिष्ठ उपाध्यक्षका लागि कडा प्रतिष्पर्धा हुनेछ । महासंघको बिशेष साधारण सभालाई महासंघका धेरै पुर्व अध्यक्षहरुले भने बहिस्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.