नेपाल उद्योग वाणिज्य महासंघ फेरी विवादमा फस्याे, कात्तिक ४ काे विशेष साधारणसभा अन्याैलमा

  २०७३ कार्तिक २ गते २०:१६     विकासन्युज

fncci_debetrकाठमाडौं, २ कात्तिक । कात्तिक ४ गतेका लागि आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने सम्भवना बढेकाे छ । महासंघकाे  विधान संसाेधन गर्नकाे लागि बाेलाइएकाे उक्त  विशेष साधारणासभा  विधिसम्मत नभएकाे भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र  महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा राेक्न अन्तरिम आदेशको माग गर्दै अदालत दर्ता गराएकाे उजुरी माथि सुनुवार्इ गर्दै  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाकाे प्रक्रिया यथास्थितिमा राख्न अादेश दिएकाे छ ।

अदालतले रिट निवेदनमा विपक्षी बनाइएका सबैलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ ।अदालतमा परेको रिटमा उद्योग वाणिज्य महासंघ, कार्यकारिणी समिति,

, महासंघका निमित्त महानिर्देशक मिना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ लगायतलाई विपक्षी बनाइएको छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश भीमकुमार ओझाको एकल इजलासले विशेष साधारणसभाविरुद्ध कात्तिक ३ गते बुधबारसम्मका लागि अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार नै अन्तरिम आदेशको बिषयमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउँदै विपक्षीहरुलाई समेत बोलाएकाे छ । कात्तिक ३ गतेकाे छलफलमा महासंघकाे  विशेष साधारणासभाकाे बैधानिक रूपमा हुन लागेकाे दावी पेश गर्ने र साधारणासभा सुचारू रूपमा हुने महासंघका उपाध्यक्ष किशाेर प्रधानले बताए ।

अध्यक्ष पशुपति मुरारका

अध्यक्ष पशुपति मुरारका

निवेदनमा उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले गैरकानूनी ढंगले संविधानप्रदत्त अधिकार र महासंघको विधानलाई समेत बेवास्ता गर्दै विशेष साधारणसभा आह्वान गरिएको र विधान संसोधनको नाममा खुल्ला प्रतिस्पर्धालाई बेवास्ता गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने खेल भएको तर्क गरिएको थियो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा र अधिवक्ताहरु टिकाराम भट्टराई र गोपालदत्त पाण्डेयले बहस गरेका थिए ।

याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.