‘मफिया इशाराले डिनमा चलखेल’, तीर्थ खनियाले चलखेल गरेको केसीको आरोप

  २०७३ असोज २१ गते ६:४७     विकासन्युज

काठमाडौं २१, असोज । आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् ।dr-govinda-kc

चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए ।

अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए ।

‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’ उनले भने, ‘कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’ नागरिक दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.