दसैंमा पानी पर्न सक्ने, मौसमको भर नभएको मौसमविद्को भनाइ

  २०७३ असोज १७ गते ७:२०     विकासन्युज

काठमाडौं १७, असोज । दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।’

पछिल्ला वर्षमा भने पौड्यालले भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् ।

यसपालीको दसैंचाहिँ कस्तो हुन्छ रु जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटपुट वर्षा भएपनि टीका लगाउने दिन मौसम पूर्ण सफा रहनेछ ।weather-1

मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन अति कमजोर अवस्थामा पुगेको छ । ठूलो पानी पर्ने सम्भावनै छैन ।’
बुधबारसम्ममा मनसुन कमजोर भइसक्ने अनुमान छ ।

मनसुन बिदा हुने बेलामा देखिने पश्चिमी वायु क्रमशः पूर्वतर्फ सरेको महाशाखाले जनाएको छ ।

बिहानबेलुका गड्याङगुडुङ हुने तथा क्षणिक वर्षा हुने सम्भावना भने रहिरहनेछ समाचार सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.