‘वान प्लस–३’ नेपाली बजारमा सार्वजनिक, मूल्य ४९ हजार रुपैयाँ

  २०७३ असोज १६ गते १६:१६     विकासन्युज

काठमाडौं, १६ असोज । आइहब प्रालिद्धारा चाइनिज मोवाइल कम्पनी वान प्लस–३ नेपाली बजारमा सार्वजनिक भएको छ ।

one_plus_picture

उक्त मोबाइलमा ६ जिबी र्यामका साथै प्राथमिक क्यामरा १६ मेगापिक्सेल तथा फ्रन्ट फेस क्यामरा ८ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ । उक्त क्यामरा ड्यिुल स्टेभलाइजिङ प्रविधिमा आधारित रहेको पनि कम्पनीले जानाएको छ । कम्पनीका अनुसार ८ सय २० क्वाड प्रोसेसर रहेको स्मर्टफोनमा ३ हजार एमएचपी ब्याट्री रहेको छ । केही घण्टामा नै मोबाइल चार्ज हुने ड्यास चार्जर उक्त स्मार्टफोनको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ ।

नेपाली स्मार्टफोनको पारखीको मागलाई ध्यान गर्दै वान प्लस –३ नेपाली बजारका भित्राएको आइहबका निर्देशक शिरिष मुर्रारका र लोकेश ओलीले बताए । मुर्रारकाले भने, ‘नेपाली बजारमा नयाँ प्रविधियुक्त स्मार्टफोनको माग बढ्दो छ र यसलाई ध्यानमा राख्दै हामीले हाम्रा ग्राहाकका लागि वान प्लस –३ बजारमा ल्याएका हौं ।’

उस स्मार्टफोनमा भएको ड्यास चार्जले ग्राहकलाई आकर्षित पार्ने कम्पनीले विश्वास लिएको छ। उक्त ड्यास चार्जको प्रयोग गरी ग्राहकले आधा घण्टामा नै आफ्नो मोबाइल फुल चार्ज गर्न सक्छन् । उक्त स्मार्ट फोनको बजार मूल्य ४९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.