जेडटिइ ब्लेड भि७ लाइट बजारमा, मूल्य १८ हजार, पावर बैंक सित्तैमा

  २०७३ असोज १५ गते २२:१०     विकासन्युज

काठमाडौं, १५ असोज । नेपालका लागि जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिले स्मार्टफोन ‘जेडटिई ब्लेड भि७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ । दशै क्यास ब्याकअफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भि७ लाइट सार्वजनिक गरिएको हो ।
zte
आकर्षक फिचरहरुले सजिएको ब्लेड भि७ लाइटमा ५ इन्चको एचडी कर्भ एजडिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सक्दछ ।

यसैगरी, ब्लेड भि ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिनेछ । अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ । पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ ।क्यामेराका अन्यफिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् ।

स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.०अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १गिगाहजप्रोसेसरको प्रयोग भएको छ ।

फोनमाझिक्ननमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोगगरिएको छ । ब्लेड भि७लाइटका अन्यफिचरहरुमा डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियोलगायत छन् ।

स्मार्टफोनको बजार मूल्य १८ हजार ९ सय ९० राखिएको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड भि७ लाइटको खरिदमा ७ सय रुपैयाँ दशै क्यास ब्याकअफर दिइएको छ भने स्मार्टफोनको खरिदमा २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहर स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.