४ लाख ६ हजार भूकम्प पीडितले पाए घर बनाउन ५० हजार

  २०७३ असोज १५ गते ११:०६     विकासन्युज

anudan_222काठमाडौं, १५ असोज । ४ लाख ६ हजार ३ सय ९९ परिवार भूकम्प पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । असोज १३ गतेसम्म ती भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो ।

बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिनेछ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले आग्रह पनि गरेको छ ।

घर पुनर्निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानूनी कारवाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने भएकाले अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न पनि प्राधिकरणले आग्रह गरेको हो ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास निर्माणका लागि दोश्रो किस्तामा एक लाख ५० हजार रुपैंयाँ उपलब्ध गराउने बताए । तेश्रो किस्ता वापत भने एक लाख रुपैंयाँ उपलब्ध गराइने उनले बताए । सरकारले भूकम्प पीडित जनतालाई नीजि आवास निर्माणका लागि एक लाख रुपैंयाँ थपेर तीन लाख दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.