चरिकोट अस्पतालमा बालकको मृत्युले घटना चर्कायो ,सहायक सिडिओ र डिएसपीलाई गृहमा हाजिर हुन निर्देशन

  २०७३ असोज १५ गते ७:११     विकासन्युज

काठमाडौं १५, असोज । चरिकोट अस्पतालमा अढाई वर्षीय बालकको मृत्यूपछि स्वास्थ्यकर्मीहरुले माफी मागाएको घटनाले चर्को रुप लिएपछि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई केन्द्रमा तानिएको छ ।

असोज ७ गते अस्पतालमा महादेव रिजालको मृत्यू भएपछि चिकित्सकले क्षेमायाचना गरेका थिए । उक्त दृश्य फेसबुकमा भाइरल भएपछि चिकित्सा क्षेत्रको आन्दोलनको दबाबमा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेलाई गृह मन्त्रालय हाजिर हुन बोलाइएको छ । प्रहरी नायव उपरिक्षक रवीन कार्कीलाई पनि प्रधान कार्यालय हाजिर हुन भनिएको छ ।hospital

स्वास्थ्यकर्मीहरुको विज्ञप्तिअनुसार बालकको मृत्यूपछि प्रशासन र प्रहरीकै रोहबरमा अमानवीय शैलीमा जबरजस्ती माफी माग्न लगाएर लज्जित बनाएको आरोप छ ।

सहायक प्रजिआ आले र प्रनाउ रवीन कार्कीले स्वास्थ्यकर्मीहरुले माफी मागेको बारे कुनै जानकारी नभएको बताउँदै आएका छन् ।

घटनापछि अस्पतालमा सुरक्षाकर्मी परिचालन गरेको तर कतिखेर कसको अगाडी माफी मागिएको थाहा नभएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । ‘सहायक प्रजिअ र डिएसपीलाई बोलाइएको हो,’ शाहीले भने, ‘माफी मागिएको घटनामा सुरक्षाकर्मीबाहेक अरु कोही थिएन ।’

मृतकका हजुरबुबा इन्द्रबहादुर रिजालले अस्पताल प्रशासनको तर्फबाट राजीखुसी माफी मागिएको दाबी गरेका छन् । आगामी दिनमा अस्पतालमा लापरबाहीबाट कसैको मृत्यू नहोस् भन्ने हेतुले गल्ती स्वीकार गर्दै स्वास्थ्यकर्मीहरुले माफी मागिएको विषयमा राजनीतिकण भएकोमा मृतकका काका घनश्याम रिजालले दुस्ख व्यक्त गरे । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.