परिसूचक २६ अंकले उक्लियो, सबै समूहमा हरियाली, एभरेष्टको २२ करोडको कारोबार

  २०७३ असोज १० गते १६:२६     विकासन्युज

काठमाडौं, १० असोज । धेरै दिन पछि सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलब ४६ अंकले बढेर १७५७ अंकमा पुगेको छ । सो दिन १३२ कम्पनीको ११ लाख ४१ हजार कित्ता सेयर करिब एक अर्ब बढी रुपैयाँमा किनबेच भएको छ ।

nepse_monday

सो दिन कारोबार भएका ७ बटै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै होटल, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ५४, ३१ र २१ अंकले उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २२ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्र्त, नेपाल बङ्गलादेश बैंकको १० करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नादी ग्रुप पावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले करिब ५ प्रतिशत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.