परिसूचक र कारोबार दुबै ओरालो लाग्दा दुई कम्पनीको सेयर मूल्य १०% ले वृद्धि

  २०७३ असोज ६ गते १५:४४     विकासन्युज

काठमाडौं, ६ असोज । बिहीबार नेप्से परिसूचक १२ अंकले घटेर १७६६ अंकमा पुगेको छ । सेयर बजारमा परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । सो दिन १४० कम्पनीको जम्मा ९ लाख १६ हजार कित्ता सेयर कारोबार भएको छ । बिहीबार ९० करोड रुपैयाँको करोबार भएको छ । जुन बुधबारको तुलनामा ४ करोड रुपैयाँले घटी हो ।

nepse_thursday
बजारमा एभरेष्ट बैंक कन्भर्जन अफ प्रिफेरेन्स र यूनाइटेड फाइनान्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै वेष्ट्रर्न डेभलपमेन्ट बैंकको करिब ८ प्रतिशतले सेयर मूल्य बढेको छ । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ५ प्रतिशतले घटेको छ ।

बिहीबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँको र शिखर इन्स्योरेन्स कम्पनीको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा बैंकको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.