सानिमा बैंकले १५ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  २०७३ असोज ५ गते ८:२१     विकासन्युज

काठमाडौं, ५ असोज । सानिमा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर लाभांशको लागि बैंकले शुन्य दशमलब ७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

sanima-bank

त्यसका साथै, बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा बोनस सेयर दिनेछ । सानिमा बैंकले २०७३ साल असार मसान्तसम्ममा एक अर्ब ४ करोड नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा बैंकको नाफा ६२ करोड ४१ लाख मात्रै थियो ।

सानिमाको चुक्ता पुँजी चार अर्ब रुपैंयाँ रहको छ भने जगेडा कोषमा एक अर्ब ४१ करोड रुपैंयाँ रहेको छ । बुधबार बजारमा बैंकको प्रतिकित्ता सेयर ७४५ रपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.