बजार दोहोरो अंकले घट्दा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि, १३४ करोडको कारोबार

  २०७३ असोज ४ गते ९:४७     विकासन्युज

काठमाडौं, ४ असोज । मंगलबार नेप्से परिसूचक १७ दशमलब ९८ अंकले घटेको छ । बजार शुरु हुँदा १८०६ अंकमा रहेको परिसूचक बन्द हुँदा भने घटेर १७८६ अंकमा पुगेको छ ।

nepse_tuesday

सो दिन परिसूचक साथै कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार १४४ कम्पनीको १६ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो भने आज जम्मा एक अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा कारोबार भएका ७ समूह मध्ये ५ समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकीको परिसूचक दाहोरो अंकले उकालो लागेका छन् । सो दिन हाइड्रोपावर, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक भने क्रमशः ३५ र १४ अंकले उकालो लागेका छन् ।

सो दिन ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स र मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नगडी ग्रुप पावर कम्पनीका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।  नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी करिब ६ प्रतिशत र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।

बजारमा नबिल बैंकको सबैभन्दा बढी १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एसिया बैंकको पनि साँढे १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.