फ्लोरिकल्चर एशोसिएसन (फ्यान)को अध्यक्षमा कुमार कसजु

  २०७३ भदौ २९ गते १०:२१     विकासन्युज

काठमाडौं, २९ भदौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका कसजु अध्यक्षमा निर्बाचित भएका हुन् । फ्यानको २४ औं साधारण सभामा भएको निर्बाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो ।

fanलामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफल बनाएका छन् । आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन । फ्यानको नयाँ बिधान अनुसार यो पटक बरिष्ठ उपाध्यक्ष र सचिब पद थपिएपछि १३ सदस्यीय कार्यसमितीले पूर्णता पाएको छ ।

फ्यानको अध्यक्ष निर्वाचत भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले फुलको आयात घटाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो मुल कार्यभार भएको समेत बताएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी तथा कृषि बिकास मन्त्री गौरी शंकर चौधरीले दुई महिना भित्रै किसान आयोग गठन गर्ने घोषणा गरेका थिए । उनले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्न लागेको बताएका हुन् ।

आयोगले नेपालको कृषि क्षेत्रका समस्याहरुको पहिचान तथा समाधानका लागि भूमिका निर्वाह गर्नेछ । थोरै लागनीबाट सुरु भएको पुष्प व्यवसायले ठुलो फड्को मार्न सक्नुलाई कृषि क्षेत्रको ठुलै उपलब्धिका रुपमा लिनुपर्ने पनि बताएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले फुलको निर्यातमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनले थोरै फुल आयात गरेर महंगा तथा गुणस्तरिय फुल निर्यातमा फ्यानले जोड दिनुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.