एलजीको दशैं तिहार योजनामा हात खाली नजाने उपहार

  २०७३ भदौ २९ गते ८:३५     विकासन्युज

काठमाडौं, २९ भदौ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स् प्रालिले ‘‘लेटस् सेलिब्रेट टुगेदर’’ का साथ एलजीका हरेक ब्राण्डका टेलिभिजन खरिदमा हात खाली नजाने उपहारहरु ल्याएको छ । उक्त उपहारका साथै ब्याक अफर तथा होम अप्लाइन्सेसहरुमा पनि हात खाली नजाने उपहार प्रदान गरी ग्राहकहरुको मुहारमा खुसी ल्याउन कम्पनीले सो योजना ल्याएको हो ।

lg_offer

सो अवसरमा एलजीले विभिन्न उपहार तथा क्यास ब्याक अफर ल्याएको छ । जस अनुसार ५५’’ एण्ड एभोभ अल्ट्रा एचडी टिभीकोे खरिदमा, एलजी साउन्ड बार एसएच‘फोर’ उपहार,४३’’–४९’’ अल्ट्रा एचडी टिभी र र,४३’’–५५’’ नर्मल एलइडी टिभीको खरिदमा उपभोक्ताले क्रमशः एलजी एनपी ७५५० बिल्युटुथ स्पीकर र एलजी बिल्युटुथ स्पीकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसै गरी ४९’’–६० स्मार्ट टिभीको खरिदमा, एलजी एलएच ७०बि मल्टीमिडिया स्पिकर्स र ४०’’ एण्ड एभोभ स्मार्ट टिभीको खरिदमा एमएमआरसीरवाइरलेस किबोर्ड र ३२’’ स्मार्ट टिभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, ग्राहकले ३२’’ नर्मल एलइडी टिभीहरुको खरिदमा विभिन्न साइजका इमर्जेन्सी लाइटस् प्राप्त गर्न सक्नेछन् ।

एलजी होम अप्लाइन्सेस् अन्तर्गत विभिन्न आकर्षक तथा अतिपयोगी घरायशी सामाग्री तथा उपकरणहरु प्राप्त गर्न सकिनेछ । जस अनुसार एलजी ७०बि मल्टीमिडिया स्पिकरर्स उपहारस्वरुप साइड बाइ साइड रेफ्रिजिरेटरको खरिदमा, फ्री मिक्सर ग्रिन्डर डबल डोर रेफ्रिजिरेटरको खरिदमा, डिटरजेन्ट वीथ लिक्विड डिसवासरको खरिदमा, पिजन गिफ्ट सेट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा, पिजन कडाइ, टप लोड वासिङ मेसिनको खरिदमा र एलजी कुकिङ किट, माइक्रोवेभ ओभको खरिदमा उपभोक्ताले पाउन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेसन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.