बिहीबार नारायणघाटमा एनसेल मेला हुँदै

  २०७३ भदौ २९ गते ७:५१     विकासन्युज

काठमाडौं, २९ भदौ । एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न, शुभकामना आदान प्रदान गर्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो ।

ncell_mela_2073-1

मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु हुनेछ र विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केही विषेश आर्कषणहरु हुन् । यसदेखि बाहेक मेलामा आउने आगन्तुकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्नेछन् ।

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुतीहरु रहनेछन् । त्यसैगरी, कार्टुन्ज क्रु, युभि एन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएका छन् ।

मेलामा मनोरञ्जनका लागि मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी रहनेछन् । त्यसैगरी गेम स्टलहरुमा सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु हुनेछन् । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाउन सक्नेछन् ।

बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका छन् । गीत संगीत, गेमहरु र अन्य आर्कषण बाहेक, मेलामा नेपाली, ईण्डियन र चाईनिज परिकारका स्टलहरु पनि रहनेछन् ।

“नजिकिदै गरेको चाडपर्वको अबसरमा आफ्ना ग्राहकसँग खुसियाली साट्न र शुभकामना आदानप्रदान गर्न एनसेल मेला आयोजना गर्न लागेका हौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “विभिन्न रोचक कार्यक्रम तथा गतिविधीहरु समावेश गरिएको यो मेलाले दर्शकहरुलाई पूर्णरुपमा मनोरन्जन प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ । ”

नारायणघाट पश्चात एनसेल मेला असोज १ गते पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना पश्चात समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.