डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई तीन हजारको छुट

  २०७३ भदौ २९ गते ७:३३     विकासन्युज

काठमाडौं, २९ भदौ । डिसहोमले नेपालीहरु माझ ‘‘ यो उत्सब डिस होमले बन्छ महाउत्सव’’ नामक उपहार योजना ल्याएको छ । कम्पनीले महान चाड बडादशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको हो ।

dishhome_offerउक्त योजना अन्तर्ग ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिसहोमको हाइब्रिड एसडि कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ प्राप्त गरी २ हजार ९ सय ९९ रुपैयाँमै जोड्न सक्ने छन् । डिसहोमले हाल बजारमा बिक्री गरिरहेको हाइब्रिड एसडि सेट टप बक्समा भरी छुट प्रदान गरेको हो ।

डिस होमले हरेक वर्ष दशैँ र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्दै आएकोमा यो वर्ष भने अघिल्ला बर्षहरुको तुलनामा यति ठूला छुट प्रदान गरेको पहिलो पटक हो भनि यस कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताएका छन् । ‘‘हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा यति गुणस्थरीय सेवा नेपालभर पुर्याउन सफल भएका कम्पनी हौं । बजारमा हाल बिक्री भइरहेका ठूला साइजका एलइडी टेलिभिजनहरुमा टिभी हेर्नका लागि डिसहोमको विकल्प छैन ।’’ उनले बताए ।

स्याटलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले नेपाल रहेका ग्राहकहरुमाझ गुणस्तरीउ सेवा प्रदान गर्दै आएको छ । सहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एस डी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावठमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ ।

ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.