प्रमको भारत भ्रमण टोलीमा १ सय १६ जना

  २०७३ भदौ २९ गते १:५२     विकासन्युज

काठमाडौं २९, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् ।prachanda

‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र ९उद्योगीरव्यापारी० र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एकरदुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ ।

स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने छ । प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगीरव्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन् ।

प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् ।

वैद्य माओवादी अब चुनावमा

तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० ले चुनावमा भाग लिने भएको छ।
आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ। देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको  छ।

वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन्।

यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने बताए । ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन, पार्टीको नाममा निर्वाचनमा जाने निर्णय पनि छैन,’ उनले भने, ‘तर चुनाव घोषणा भएको परिस्थितिमा भने मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय हाम्रो हो ।’mohan-baidya

गजुरेलले महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी मुद्दा उठाउने बताए । उनले राष्ट्रवादी उभार ल्याउन काम गर्ने घोषणा गर्दै जनजीविकाको मुद्दा उठाइरहने मोर्चाको लक्ष्य रहेको बताए।

मोर्चालाई पार्टी संगठनकै संरचनामा उभ्याउने वैद्य माओवादीको तयारी छ । केन्द्रदेखि गाउँसम्मै चुनावी संरचना बनाए पनि आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय त्यही बेला लिने गजुरेलले बताए । ‘यो विषय विल्कुलै कार्यनीतिक प्रश्न हो, चुनावमा प्रभावकारी उपस्थिति जनाउन मोर्चालाई निर्वाचन आयोगमा दर्ता गर्न लागेका हौं,’ उनले भने, ‘हामीले भनेजस्तो भएन भने बहिष्कार गर्नलाई पनि यो संरचना काम लाग्नेछ।’

माओवादी केन्द्रका आठ सांसदलाई सीआईबीको ‘क्लिन चिट’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो ।

खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो ।

प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् ।

‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्,’ ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’

जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.