लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनामा ४ अर्ब ४४ करोड रुपैयाँ जुटायो, ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

  २०७३ भदौ २३ गते १५:१०     विकासन्युज

काठमाडौं, २३ भदौ । सोलुखुम्बु र रामेछाप जिल्ला बीचको लिखु खोलामा निर्माण गर्न लागिएको २४.२ मेगावाटको लिखु ए हाइड्रोइलेक्ट्रिक आयोजनाको वित्तीय स्रोत जुटेको छ । नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको यस योजना निर्माण लागत ४ अर्ब ४४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

likhu_a_hydro_bank

त्यसमा प्रबद्र्धकले १ अबै ११ करोड सेयर लगानी गर्ने छन् भने पाँच वटा बैंकले ३ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गर्ने भएका छन् । परियोजनामा लक्ष्मी बैंकले ९६ करोड ७० लाख, सिद्धार्थ बैंकले ८७ करोड, सेन्चुरी कमर्शियल बैंकले ७२ करोड ४० लाख, सिटिजन बैंक इन्टरनेशनलले ४८ करोड ३० लाख र बैंक अफ काठमाण्डौ लुम्बिनीले २९ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

यस परियोजनाका लागि लक्ष्मी बैंकको अगुवाई ५ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी विहीबार सम्झौता गरेका छन् ।

नुम्बुर हिमालय हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७१ फाल्गुण २२ गते भएको थियो भने आयोजना निर्माणको लागि उर्जा मन्त्रालयले २०७२ कार्तिक १६ गते विद्युत उत्पादन अनुमति प्रदान गरेको थियो । नुम्बुर हिमालय हाइड्रोपावर एमभि दुगड ग्रुपले प्रबद्र्धन गरेको कम्पनी हो । यस ग्रुपका अध्यक्ष मोतिलाल दुगड छन् ।

२४.२ मेगावाट उत्पादन क्षमता रहेको नुम्बुर हिमालय हाइड्रो पावरप्रालिले झण्डै १३५.६८ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना जुलाई २०२० मा संचालनमा आउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.