अम्बे सिमेन्टद्वारा बिष्णु जनज्योति स्कुललाई आर्थिक सहयोग

  २०७३ भदौ २२ गते ३:१९     विकासन्युज

ambe_cementकाठमाडौं, २२ भदौ । अम्बे ग्रुपअन्तर्गतको अम्बे सिमेन्टले रामेछापको माकादुम स्थित विष्णु जन ज्योति सेकेण्डरी स्कुललाई आर्थिक सहयोग गरेको छ । कम्पनीले विष्णु जन ज्योति सेकेण्डरी स्कुललाई एक लाख ११ हजार एक सय ११ रुपैंयाँ सहयोग गरेको हो ।

अम्बे ग्रुपका अध्यक्ष हरि प्रसाद न्यौपानेले सहयोग रकम विद्यालयका प्रिन्सिपल रिप बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तिका लागि उपयोग गरिने बताए ।
साथै उनले उक्त आर्थिक सहयोगको लागि अम्बे सिमेन्टलाई धन्यवाद दिँदै थप सहयोगका अपेक्षा समेत व्यक्त गरे ।
अम्बे ग्रुपका अध्यक्ष हरि प्रसाद न्यौपानेले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाको शिक्षाको लागि सहयोग गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.