२०७३ भदौ २२ गते १:०४ विकासन्युज
काठमाडौं २२, भदौ । भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाएर निर्यातमा रोक लगाएको छ । विषादीको कारण एक सातादेखि अदुवा निर्यातमा रोक लागेको हो ।
१५ वर्षअगाडि आयात, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामाा पाइएको भन्दै निर्यात रोकिएको समाचारमा उल्लेख छ ।
निर्यात रोकिएपछि नेपालको ७२ लाख किलो अदुवा अलपत्र परेको छ । निर्यात गर्न ठिक्क पारिएको यो अदुवा एक साताको मात्रै हो । कृषि विकास मन्त्रालयका अनुसार सन् २००९ मा प्रतिवन्ध लगाइएको अल्दिकार्ब नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको उल्लेख छ ।
भारतले यही विषादीका कारण गत भदौ १६ गतेबाट अदुवा निर्यातमा रोक लगाएको हो । भारतले विषादी भेटिएको आरोपमा रोक लगाएको भएपनि भित्री तथ्य भने नभेटिएको सरकारी अधिकारीकै भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.