महिन्द्रा मोजो सार्वजनिक गर्न भारतीय राइडर नेपालमा

  २०७३ भदौ ८ गते ४:५१     विकासन्युज

काठमाडौं, ८ भदौ । नाडा अटो शोमा महिन्द्रा कम्पनीको महिन्द्रा मोजो ३०० सिसिको मोटरसाइकल सार्वजनिक गर्न भारतीय राइडरहरुको टोली काठमाडौं हिडिसकेको छ । नेपाली बजारमा नयाँ प्रडक्ट लञ्च गर्न भारतस्थित पुनेका दक्ष बाइक राइडरहरु नेपाल हिडेका हुन् ।

mahindra_mojo
उनीहरु भारतबाटै मोजो बाइक चढेर नेपाल आउँदैछन् । मोजो राइडर्स् सारथ शेनोय र डेनियल डेरिक भारतको पुनेबाट महिन्द्रामोजो मै काठमाडौंमा रहेको नाडा अटो शोमा आउन लागेका हुन् । उनीहरुको यात्राको प्रारम्भ भने पिएस अशोक (सिनियर भाइस–प्रेशिडेन्ट, आर एण्ड डि)ले गरेका थिए ।

भारतको पुनेबाट २३ अगस्ट २०१६ मा बाइक चढेका उनीहरु इन्दौर, झाँसी, लखनउ, गोरखपुर र बीरगंज हुँदै २८ अगस्ट काठमाडौं आइपुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.