साझाकै पेट्रोल पम्पमा सिलबन्दी, साझाले तीनदिनभित्र स्पस्टिकरणसमेत दिनुपर्ने

  २०७३ भदौ ७ गते ३:३२     विकासन्युज

काठमाडौं ७, भदौ । अन्य पेट्रोल पम्पको तुलनामा आर्मी, पुलिस र साझाको पेट्रोल पम्पमा उपभोक्ताको विश्वास हुने गरेको छ । तर, सरकारी पेट्रोल पम्म भनेर चिनिएको र जनतालाई ठग्दैन भन्ने विश्वास भएको साझाले नै ठगी गरेर उपभोक्ताको भ्रमलाई साझाले तोडिदिएको छ । उपभोक्ता ठग्ने पुल्चोकको साझा पेट्रोल पम्पमामा रहको डिजल बिक्री गर्ने एउटा मेसिनमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको सिल गरेको छ ।petrol_pump

अनुगमन टोलीले बजार अनुगमन गर्दा साझाका ६ वटा तेल बिक्री गर्ने मेसिन मध्ये रियलटेक आरटीए ११२ नम्बरको मेसिनबाट डिजेल मापदण्ड भन्दा कम विरतण गरिएको तथा नापमा एकरुपता नभएकाले भन्दै सिल गरिएको गुणस्तर तथा नापतौल विभागले बताएको छ ।

पुलचोकको साझा पम्पको एउटा मेसिनले तोकिएको मापदण्ड भन्दा कम परिमणमा तेल बिक्री गरेको र मेसिनमा एकरुपता नभएको भन्दै सिलबन्दी गरिएको छ।

त्यस्तै अनुगमन टोलीले लगनखेलमा रहेको माहायन पम्पको डिजल बिक्री गर्ने मेसिनमा समेत सिलबन्दी गरेको छ। उक्त पम्पले डिजल मापदण्डभन्दा कमपरिणाम बिक्री गरेको फेला परेको छ। साथै टोलीले एकान्तकुनाको जावलाखेल पेट्रोलपम्पले मापदण्डभन्दा बढी डिजेल बिक्री गरेको फेला परेपछि तीनदिनभित्र स्पष्टीकरण दिन निर्देशन पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.