स्वच्छन्द विकोइ विल्डर्सले काठमाडौं टावरको निर्माण सुरु गर्यो

  २०७३ साउन ३२ गते १६:१२     विकासन्युज

काठमाडौं ३२ साउन। पुरानो बसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्य आदेश पाएपछि काम सुरु गरेको हो।  kl-tower

यस अघि सामान आइनपुगेको भन्दै निर्माण नै सुरु गरिएको थिएन । कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले कम्पनीलाई काम अघि बढाउन आदेश दिएको महानगरपालिकाका सूचना अधिकारी महेश काफ्लेले जानकारी दिए।

तीन महिना अघि महानगरपालिका र स्वच्छन्द विकोइ बीच बहुउद्देश्यीय भवन निर्माण गर्ने सम्झौता भएको थियो।   अहिले कम्पनीले उक्त क्षेत्र आसपासका पूराना संरचनाहरु भत्काउने काम गरिरहेको कम्पनीका प्रमुख मनोज भेटुवाललाई जानकारी दिए।

सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छ। २९ तल्ला बनाउने भनिएको सो टावर भूकम्पपछि १२ तल्ला बनाउने नक्सा स्वीकृत भएको थियो। काम सुरु भएको पाँच वर्षभित्र टावर बनाइसक्नु पर्नेछ ।

२३ रोपनी पाँच आना जग्गा रहेको उक्त क्षेत्रमा ४० प्रतिशत क्षेत्रफल टावरले ओगट्ने भेटवालले जानकारी दिए। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ । त्यस्तै त्यसको माथि दोस्रो तल्लामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा वडा कार्यालय समेत रहनेछ।

टावर निर्माणको लागत तीन अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। ६ महिनापछि बसपार्कको पुन: स्थानान्तरण असम्भव तीन महिना अगाडी महानगरले टावर निर्माणका लागि भनेर पूरानो बसपार्क टुडिखेलमा सारेको थियो। महानगरले ६ महिनापछि हाल पुरानो बसपार्क रहेको ठाउँमा दुई तल्लेसम्मको अण्डरग्राउण्ड बसपार्कसहितको टावर निर्माण हुने पुरानो बसपार्कलाई पहिले कै स्थानमा सार्ने बताएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.