ओली सरकारले २८८ दिनमा के के गर्यो ?

  २०७३ साउन १० गते ११:३७     विकासन्युज

kp-oli काठमाडौं, १० साउन । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए । त्यसको ठिक २८८ दिन अर्थात २०७३ साउन ९ गते उनले राजीनामा गरे ।अक्सर राजनीतिज्ञ सत्ता च्युत हुँदा अलोकप्रियताको शिकार बन्छन तर ओली त्यस्ता प्रधानमन्त्री बने जो सत्ता आरोहणका समयमा पनि लोकप्रियताको शिखरमा थिए भने सत्ता छाड्दा पनि त्यत्तिकै लोकप्रिय बन्न सफल भए । ओलीले उल्लेख्य केहि काम गरेनन तर उनको कार्यकालमा बिर्सन लायक काम पनि केहि भएन् ।

राष्ट्रवाद र स्वाधिन अर्थतन्त्र केन्द्रित उनका अभिव्यक्तिहरुले ओलीको लोकप्रियता उचाईमा पुर्यायो र त्यो घट्न नपाउँदै उनले सहज सत्ता हस्तान्तरणको मार्ग प्रशस्त गरे । के सस्ता भाषणले मात्रै ओलीको लोकप्रियता बढेको हो त ? ओलीले सपना देखाए तर सपना साकार हुने समयसम्म उनी सत्तामा बस्न पाएनन् । अर्काे एक वर्ष सत्तामै रहेको भए ओलीले देखाएका सपना पुरा नहुने र उनी अलोकप्रिय बन्ने प्रबल सम्भावना थियो । तर ओली लोकप्रियताको शिखरमै हुँदा सत्ताबाट बाहिरिए ।

२८८ दिन प्रधानमन्त्री बनेका  केपी ओलीले राष्ट्रियता र स्वाधिन अर्थतन्त्रका पक्षमा ठुलो जनमत तयार पारे । भारत भ्रमणका समयमा देशलाई हानी पुग्ने कुनै सम्झौता गरेनन् । बरु बिशाखा पटनम र फुलबारी बन्दरगाह पुग्ने बाटो खोलेर फर्किए । भारतसँगका असमान सन्धि सम्झौताहरुको पुनरावलोकनका लागि प्रस्ताव अघि सारेर फर्किए ।
ओलीको चीन भ्रमण पनि सम्झन लायक नै बन्यो । उनले चीनियाँ बाटो हुँदै समुन्द्रसम्म पुग्न सकिने गरि स्वतन्त्र पारवाहन सन्धिमा हस्ताक्षर गरे । चीनसँग इन्धन खरिद गर्दै इन्धनमा कायम रहेको भारतीय एकाधिकार तोड्ने उद्घोष गरे । त्यति मात्रै होइन केरुङ हुँदै रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेल वे सेवा विस्तार गर्ने योजना अघि सारे । त्यसलाई बजेटमै प्राथमिकताका साथ प्रस्तुत पनि गरे ।

काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने घोषणासहित बजेटमा उच्च प्राथमिकता दिए । १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पनि बजेट बिनियोजन गरे । चिनियाँ नाका पुग्ने सडक पुर्वाधारको तिब्रगतिमा विकास गर्दै अन्तराष्ट्रिय व्यापारमा भारतीय अधिपत्यको अन्त्य गराउने कार्यक्रम अघि सारे । रणनीतिक महत्वको निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण आरम्भ गर्नका लागि पनि बजेटमा उच्च प्राथमिकता दिए । तराई मधेशको विकासका लागि यथेष्ठ रकम विनियोजन गरे । तराई मधेशका जिल्ला सदरमुकामहरुको व्यवस्थित शहरीकरणका लागि ५० करोडको अतिरिक्त बजेट उपलब्ध गराए ।

वृद्ध भत्ता बढाएर जेष्ठ नागरिक तथा सामाजिक सुरक्षाको परिधीभित्र पर्ने समुहको मन जित्ने प्रयास गरे । कर्मचारीको तबल वृद्धि गरेर राष्ट्र सेवकहरुको मनोबल उच्च बनाउने प्रयत्न गरे । पत्रकारलाईका न्युनतम पारिश्रमिक वृद्धि गरे ।
मृगौला पीडित तथा क्यान्सर रोगको उपचारमा सहजता दिलाउने बजेटमै व्यवस्था गरे । क्लिन फिडको निती कार्यान्वयन गरेर नेपालमा हुने विदेशी विज्ञापनको अधिकृत प्रवेश निषेध गराए । रेडियो फ्रिक्वेन्सी नीति ल्याएर सरकार ढुकुटी मजबुत बनाउन एउटा इँटा थप्ने काम गरे ।

त्यति मात्रै होइन नेपालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन सुर्खेत र धनकुटामा सेनाका लागि एयर बेस बनाउने कार्यक्रम समेत अघि सारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.