‘गरिबी निवारणमा सहकारीका भूमिका महत्वपूर्ण’

  २०७३ साउन ५ गते ५:०५     विकासन्युज

sahakariकाठमाडौं, ५ साउन । राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष सरोजकुमार शर्माले सहकारीमार्फत गरिबी निवारण गर्न सकिने बताएका छन् । सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा भएको डबली २० औं श्रृंखला ‘गरिबी निवारणका लागि सहकारी’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सह–अध्यक्ष शर्माले स्वाभिमान अर्थतन्त्रका लागि सहकारीले कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

सहकारीले उद्यमशीलतामा जोड दिदैं उत्पादन वृद्वि गर्नु र रोजगारी सिर्जना गर्नु भएपनि त्यसो गर्न नसकेको उनको भनाई थियो । ‘ग्रामीण क्षेत्रमा कृषिको संभावना प्रशस्त भएपनि सहकारीको ध्यान कृषिमा जान सकेको छैन्’ उनले भने । ‘हामी श्रम सप्लाई गर्छाै तर कच्चा पदार्थ बाहिरबाट ल्याउँछौं, यसले कसरी गरिबी निवारण हुन सक्छ’ उनले भने । सहकारीले उद्योग सञ्चालन गर्न सके युवाहरु वैदेशिक रोजगारमा जानु नपर्ने उनको भनाई थियो ।

सह–अध्यक्ष शर्माले विभिन्न नाममा हुने अनुदान मिस युज भएको तथा लक्षित वर्गसम्म पुग्न नसकेको बताए । ‘अनुदानको सट्टा सफ्ट लोनको व्यवस्था गर्न सके किसानको हित हुन्छ’ उनले भने–‘अहिले काठमाडौंबाट गएको अनुदान काठमाडौंमा नै फर्किएको छ ।’  जसले सहकारी दर्ता गर्छ, उसैले नियमन गर्नु उचित नभएको र सहकारी विभाग नभई सहकारी रजिष्ट्रारको जस्तो गरी काम गरिरहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका लागि सहकारी उपयुक्त मोडेल भएपनि सहकारी तथा गरिबी निवारण मन्त्रालयकै कारण गरिब लक्षित सहकारी सञ्चालन गरेर कार्यक्रम लैजान नसकिएको बताए ।

‘हामीले ९ महिनासम्म पनि खान नपुग्ने वर्गको उत्थानका लागि काम गर्दछौं’ उनले भने । कोषले ४ सय २५ सहकारीमार्फत ७२ प्रतिशत जनसंख्यामा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई थियो । कोष अहिले गरिबी निवारण कोष ऐन अन्र्तगत सञ्चालित भएपनि नीतिगत तहमा सहकारी मन्त्रालयमा सार्ने निर्णय भए आफूहरुलाई कुनै आपत्ति नहुने उनले बताए ।

कार्यकारी निर्देशक केसीले विशेष लक्षित सहकारी सञ्चालन गर्ने र त्यसैका माध्यमबाट हरेक कार्यक्रम सञ्चालन गर्न आफूहरु लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.