सोमबार नेप्से परिसूचक ४० अंकले बृद्धि, कारोबार रकम २ अर्ब नजिक

  २०७३ साउन ३ गते ९:५५     विकासन्युज

काठमाडौं, ३ साउन । सोमबार नेप्से परिसूचक ४० दशमलब ८३ अंकले बढेर उच्च अंक १७८६ मा पुगेको छ । सो दिन १३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेको इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, अरु १४ वटा कम्पनीका लगानीकर्ताहरुले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

बजारमा नेपाल बङगलादेश बैंकको सबैभन्दा बढी १८ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको क्रमशः ८ र ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सो दिन अन्य समूह, विकास बैंक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१८ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादनमलक, बैंकिङ्, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ४४, ४०, १४ र १ अंकले बढेको छ । बजारमा अन्य समूह, विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ११, २ र ०.२८ अंकले आरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.