चार घण्टे बजारमा दोहोरो अंकको वृद्धि, ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

  २०७३ साउन २ गते १०:१७     विकासन्युज

काठमाडौं, २ साउन । चार घण्टा खुलेको बजारमा नेप्से परिसूचक २७ दशमलब ५९ अंकले बढेर १७४५ अंकमा पुगेको छ । पहिलो दिन १३६ कम्पनीको २२ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ३६ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

चार घण्टा खुल्ने बजारको पहिलो दिन करिब ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी माच्छापुच्छ«े बैंकको १० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, बोटलर्स नेपाल(तराई), किसान माइक्रोफाइनान्स वित्तिय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, जलविद्युत तथा विकास कम्पनी, जनउत्थान समुदायिक लगुवित्त विकास बैंक, सिद्धार्थ बैंक लगायत कृषि विकास बैंक र कैलाश बैंकको हाराहारी १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन सात कम्पनीका लागानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

बजारमा बैंकिङ्, उत्पादनमूलक, अन्य र फाइनान्स समूहको परिसूचक क्रमशः ५०, ४०, २४ र ५ अंकले उकालो लागेका छन् । बाकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक ४८ अंकले झरेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ३१, २५ र ९ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी जलविद्युत् लगानी तथा विकास कम्पनीको करिब १२ करोड ७२ लाख ६३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । फष्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर किनबेच भएका छन् । त्यस्तै, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.