२०७३ साउन २ गते १०:२२ विकासन्युज
काठमाडौं,२ साउन । नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर विदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाललको अगुवाईमा आईतबार काठमाडौंमा प्रदर्शन भएको छ ।
डाक्टर गोविन्द केसीको आन्दोलन नै पिच्छेको फरक फरक मागका कारण नेपाली बिद्यार्थी बाहिर पठाउने उदेश्य रहेको भन्दै त्यस्ता अभियानलाई प्रोत्साहन गर्न नहुने बताउँदै प्रोफेसर, कलेज संचालन, अविभावक, विद्यार्थी, चिकित्सक, प्रदर्शन गरेका हुन् ।
भृकुटीमण्डप बाट निस्किएको विरोध र्याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुदै माईतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफुहरु सडकमा नआएको स्पष्ट पारेका थिए । उनले नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तराष्ट्रिय जगतमा पुर्याउन सकिन्छ भन्ने सोच्न बाध्य बनाउन आएको उल्लेख गरे ।
रिजालले कसैलाई धकेल्न हैन मेडिकल शिक्षालाई जोगाउन आफुहरु सडकमा आएको बताए । उनले भने–नेपाली विद्यार्थीहरुले भारत वर्ष या ईङ्ल्याण्ड बर्षहरुमा त्यहाँ लिएको परिक्षामा नेपाली डाक्टरहरुले सबैभन्दा अब्बल नम्बर ल्याको छन् उनीहरुको प्रमाण हामीसंग छ । यस्तो अवस्थामा पनि अनावश्यक बखेडा र आरोप लगाएर हाम्रो मेडिकल शिक्षा र हजारौ हजार कर्मचारीको रोजिरोटी खोस्ने अभियानमा लागेकाहरुबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पारे ।
यता उद्योग वाणीज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठले केसीको आन्दोलनले निजी क्षेत्र धरासायी बनाएको भन्दै विरोध गरे । उनले निजी क्षेत्रलेनै मुलुकको अर्थतन्त्र धानेको भन्दै मेडिकल क्षेत्रलाई अहित हुने मागमा आफुहरुको सधै विरोध रहने भन्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको आन्दोन प्रति उद्योग वाणिज्य महासंघको ऐक्यवद्धता रहेको बताए ।
नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. अञ्जनी कुमार झाले अनसनरत केसी र निजी मेडिकल कलेज दुबैले जित्ने गरि सम्झौता गर्नुपर्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.