साउन २ गतेदेखि सेयर कारोबार एक घण्टा बढ्ने, धितोपत्र बोर्डले दियो पाँच बुँदे निर्देशन

  २०७३ असार ३१ गते ११:०३     विकासन्युज

काठमाडौं, ३१ असार । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्रको दोस्रो बजार कारोबार अवधी एक घण्टा बढाएको छ । साउन २ गतेदेखि अब दैनिक चार घण्टा सेयर बजार खुल्नेछ । नेप्सेले सरोकारवाला निकायहरुको सुझाव अनुसार सेयर कारोबारको समयावधी वृद्धि गरेको जनाएको छ ।

साउन २ गतेदेखि सेयर बजार बिहान ११ बजे खुलेर ३ बजे बन्द हुनेछ । ‘सरोकारवालाहरुसँगको छलफल पछि एक घण्टा समय थप्ने निर्णय गरेका हौं, अब लगानी कर्ताले समय पुगेन भनेर गर्ने गुनासो कम हुन्छ’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने ।

उता, नेपाल धितोपत्र बोर्डले भने लगानी कर्ताहरुलाई सुविधाका लागि पाँच बुँदे निर्देशन दिएको छ । बोर्डले तत्कालै क्लियरिङ बैंकको संख्या थप्न, स्वचालित कारोबार प्रणालीमा देखिएको समस्या तत्काल सुधार गर्न, कारोबार राफसाफ र फछ्र्यौट सम्बन्धमा समयमै पेइन र पेआउटको व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो ।

त्यस्तै, बोर्डले सेटलमेन्ट ग्यारेण्टी फण्डको कार्यान्वयन तत्काल गराउन तथा धितोपत्रको कारोबार तथा दलाल व्यवसायीको कामकारवाहीको कडा अनुगमन गर्न समेत निर्देशन दिएको हो । नेप्सेका प्रवक्ता पन्तले बोर्डले दिएका बजार विकास सम्बन्धी निर्देेशनहरु कार्यान्वयनका लागि नेप्से प्रतिवद्ध रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.