सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप

  २०७३ असार ३० गते ९:०६     विकासन्युज

काठमाडौं, ३० असार । नेपाल औषधि व्यवसायी संघले सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप लगाएको छ । वाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभाग लगायत अन्य सरकारी निकायहरुले अनुगमनका नाममा संकटमा गुज्रिरहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको भनाइ छ ।

अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले अनुगमनका नाममा स्वास्थ्य जस्तो सम्बेदनशील व्यवसायमा रहेका व्यवसायीहरु, व्यवसायीहरुको इज्जत तथा प्रतिष्ठामा समेत आँच पुग्ने गरी र व्यवसायीहरुलाई आतंकित बनाउने, पेसा र व्यवसायलाई नै समाजमा घृणित बनाउने गरी भैरहेको अनुगमन कार्यलाई नस्विकार्ने दाबी गरेका छन् । संघले औषधि व्यवसायमा तत्काल अनुगमनको आतंक बन्द गर्न अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.