नेपालमा फोरजी सेवा अाउँदै , टेक्नोलोजी न्युट्रल गरेर सेवा सुचारु गर्ने तयारी

  २०७३ असार २८ गते १५:५०     विकासन्युज

काठमाडौं ,असार २८। साउनमा चाौथो पुस्ताको  दुरसञ्चार प्रविधि फोरजी सेवा सञ्चालनमा अाउने भएको छ।  टेक्नोलोजी न्युट्रल गरेर नेपाल दुरसञ्चार प्राधिकरणले फोरजी सेवा दिन लागेको हो । १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा प्राधिकरणले दुरसञ्चार सेवा प्रदायकलाई फोरजीको सेवा संचालनमा ल्याउन अन्तिम गृहकार्य गरिरहेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए।

4G

१८ सय फ्रिक्वेन्सी संसारका विकसित भएका धेरै मुलुकमा प्रयोग भइसकेको नेटवर्क टेक्नोलोजी हो । उनले २६ सय र सात सय मेगाहर्ज फ्रिक्वेन्सी हाल दुरसञ्चार सेवा दिइरहेका अपरेटरका वाहेक लाइसेन्स नपाएका अपरेटरले पनि भाग लिन पाउने गरी ६ महिनापछि पुर्णरुपमा पाउनेगरी सेवा दिन लागेको बताए।  फ्रिक्वेन्सी पाउनका लागि सेवा सञ्चालन भएको ६ महिना भित्रमा लिलाम बढावढका आधारमा मूल्य तय गर्ने तयारी भएको उनले जानकारी दिए।

के हो फोरजी

फोरजी अर्थात फोर्थ जेनेरेसन नेटवर्क । फोरजी थ्रीजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ,  थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्छन्।   के हो टेक्नोलोजी न्युट्रल टेक्नोलोजी न्युट्रल भनेको कुनैपनि सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो । जस्तो कि तपाईले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यहि सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोरजी सेवा चलाउन सक्नुहुन्छ ।

फोरजी सेवाका लागि मूल्य निर्धारणको काम पनि तीब्र रुपमा काम अगाडि बढिरहेको उनले बताए । उनका अनुसार औषत मूल्य तय हुनेछ ।   नेपालमा सामान्यतया नौसय मेगाहर्जमा थर्ड जेनेरेसनको टेक्नोलोजी र १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा टुजी अथवा सेकेन्ड जेनेरेसनको टेक्नोलोजीमा प्रयोग भइरहेको छ जुन हाल प्रयोग गरेको मोवाइलको नेटवर्कमा प्रयोग भएको छ । टेलिकम्युनिकेसन क्षेत्रमा नेपालको कुल क्षेत्रफलमध्ये करिव एक तिहाइमा मात्र थ्रिजी नेटवर्क पुगेको छ । संसारका धेरै देशहरुले फोर जी टेक्नोलोजी प्रयोग गरिसकेका छन् । नेपालमा भने यो सेवाका लागि पुर्वाधार नभएको भन्दै प्राधिकरणले कुनै पनि दुरसञ्चार अपरेटरलाई लाइसेन्स दिएको थिएन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.