भूकम्प प्रतिरोधी घर बनाउन अर्घाखाँची सिमेन्टको तालिम

  २०७३ असार २८ गते १०:३५     विकासन्युज

काठमाडौं, २८ असार । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरेको छ । सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओ.पी.सि. सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धित तालिम प्रदान गरिएको हो ।

opc_training

उक्त कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सशस्त्रप्रहरी बलकाप्राविधिकहरुलाई अर्घाखाँची ओ.पी.सि. सिमेन्टका इन्जिनियरले तालिम तथा जानकारी दिएका हुन् ।

कम्पनीका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोग हुने उदेश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरिएको छ ।

उक्त तालिम कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ । अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्ताहरु माझ परिचित रहेको छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.