गोविन्द केसीको अनसन विरुद्ध ४९ जना विद्यार्थीको आपत्ति

  २०७३ असार २६ गते ६:१६     विकासन्युज

काठमाण्डौं असार २६ । डाक्टर गोविन्द केसीको अनसन र सिट कटौतिले आफुहरुको स्वदेशमा अध्ययन गन पाउने अधिकार हनन् भएको भन्दै विभिन्न कलेजमा आवद्ध मेडिकल क्षेत्रका विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुले केसीको यस्तो कदम प्रति मोर्चाबन्दी गर्ने भएका छन् । विगतमा उनको आन्दोलन सकारात्मक रहेको तर पछिल्ला दिनहरुमा सिट कटौति, छात्रबृद्धि पाउने विद्यार्थीमा कटौति र हजारौ विद्यार्थीलाई विदेश पठाउने रणनीति देखिएको भन्दै विद्यार्थीहरुले यसका विरुद्ध सबै विद्यार्थीहरुको मोर्चाबन्दी गरेर सरकारलाई दवाव दिने बताएका छन् ।

kc_against

शनिवार साझ मेडिकल क्षेत्रमा आवद्ध बिभिन्न कलेजहरुका विद्यार्थीहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । विन्द केसीको पटक पटकको अनसनका कारण समग्र चिकित्सा क्षेत्रमा असर पुगेको उनीहरुको ठहर रहेको छ । मेडिकल शिक्षाको बर्तमान र भबिष्य बारे जानकारी गराउन गरीएको भेलाले केसीको अनसनले विद्यार्थी बाहिर जान बाध्य बनाएको उल्लेख गरे । विद्यार्थीहरुले आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने आफुहरुको नैसर्गीक अधिकार प्रति केसीले लात हानेको आरोप लगाए । एमबीबीएस अध्ययनरत डा।खगेन्द्र झाले पटक पटकको अनसनले आफुहरु मारमा परेको बताए ।

उनले भने-विगतमा केसिको अनसनप्रति हामी एक भएर समर्थनमा लागेका थियौं तर जव उहाँको अनसनले माफियाको रुप लियो त्यसबाट हामी अत्यन्नै मर्माहित भएका छौं । हामीले शिक्षा र स्वास्थ्यको सुधार होला भन्ने सोचेर समर्थनमा लागेकै हो तर आज उहाँको अनसनले आमीले पढ्न पाउने अधिकारलाई समेत नेपालमा बन्देज लगाउन पुग्यो विद्यार्थीहरुको भनाई । भेलामा एमबिबिएस, एमडी लगायतमा अध्ययनरत ४९ जना विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुले केसी व्यत्ति भएको तर सरकारले अरुको कुरा र यथार्थ नबुझि सिट कटौति गर्दा आफुहरु र आउने विद्यार्थी पढ्न बाट बन्चित भएको स्पष्ट पारे ।

कलेज थप खुल्दा घाटा छ कि नाफा छ रु सिट कटौंति गर्दा नाफा छ कि घाटा रु यस विषयमा व्यापक छलफल भएको झाले बताए । जति कलेज खोलेपनि असर नपर्ने सिट जति बढाएपनि असर नपर्ने तर सरकारले क्वालीटिमा निग्रानी राख्नु पर्ने विद्यार्थीहरुको साझा धारणा आएको छ । आज अरवौ रुपैयाँ आम्रै कारणले विदेशीएको तथ्य सबैमाझ स्पष्ट पार्दै उनीहरुले व्यवस्थीत गरे विदेशी विद्यार्थीले नेपालमा आएर अध्ययन गर्दा आर्थीक क्षेत्र उकास्न सक्ने पनि बताए । उनीहरुले केहि दिनमै प्रधानमन्त्रीलाई सिट कर्टौतिको विरोध स्वरुप ज्ञापन पत्र बुझाउने भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.