पुष्प व्यवसायी माथी ज्यादती भएको आरोप

  २०७३ असार २६ गते ५:४६     विकासन्युज

काठमाडौं, २६ असार । फ्लोरिकल्चर एसोसियसन अफ नेपाल(फ्यान)ले सरकारले पुष्प व्यवसायीमाथी ज्यादती गरेको आरोप लगाएको छ । असार २४ गते घरेलु तथा साना उद्योग विकास समितिले प्रहरीको सहयोगमा बत्तिसपुतलीस्थित जय किसान नर्सरी, रोजमेट गार्डेनीङ्ग तथा पञ्च कुमारी नर्सरीमा प्रहरीले डोजर लगाएर खाली गरेको थियो ।
FAN
आफ्नो जमिनमा भूमाफियाले कब्जा जमाएको भन्दै समितिले प्रहरीको सहयोगमा जग्गा खाली गरेको थियो । फ्यानले भने ठूलो पुँजी, श्रम र समय लगाएर उत्पादन गरिरहेको फूलको बोट बिरुवाहरु तथा भौतिक संरचना पुरै ध्वस्त पारेको आरोप लगाएको हो । समितिले आफुहरुलाई एक घण्टा समय समेत नदिएको उनीहरुको आरोप छ ।

राज्यको सम्पती हडप्ने पुष्प व्यवसायीहरुको उदेश्य नरहेको र मुद्धा चलिरेको खाली जग्गामा ४ दशक देखि मोहि लक्ष्मण श्रेष्ठ, बिद्या देवी श्रेष्ठ र मैयादेवी श्रेष्ठसंग भाडामा लिई व्यवसाय संचालन गर्दै आएको पनि उनीहरुले दावी गरेका छन्

। फ्यानका महासचिव मिन बहादुर तामाङले तीन करोडको क्षति भएको र सो क्षतिको क्षतिपुर्ति दिलाइदिन समेत माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.