न्युन विजकीकरण गरिएका खाद्य सामाग्री खरिद नगर्ने–व्यवसायी

  २०७३ असार २५ गते १०:३६     विकासन्युज

हेटौंडा, २५ असार । मकवानपुर उद्योग वाणिज्य संघले व्यसायीहरुमा हाल समस्याको रुपमा रहेको न्युन विजकीकरण सम्बन्धी छलफल कार्यक्रम संघको सभाकक्षमा सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा विभिन्न वस्तुगत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
mcci
कार्यक्रममा नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुरले आगामी श्रावण १ गतेदेखि न्यून विजकीकरण गरिएका खाद्यान्न सामाग्रीहरु खरिद नगर्ने बताएका छन् । खाद्यान्न व्यवसायी संघका उपाध्यक्ष काव्यमणि अधिकारीले खाद्यान्न व्यवसायीले गरेको यो शुरुवातलाई सबैले हातेमालो गर्दै अघि बढ्न सके व्यवसायी र राज्य दुवैलाई फाईदा पुग्ने बताएका थिए । न्यून विजकीकरण समस्या राष्टिय समस्या भएकोले यसको न्यूनिकरणकालागि सबैको सकारात्मक भूमिका र दायित्व रहने मकवानपुर अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष विजयकुमार श्रेष्ठले बताए ।

विभिन्न बस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिहरुले खाद्यान्न व्यवसायीको यो कदमको सराहना गरेका छन् । शुरुवात गर्न गाह्रो भएतापनि यो असम्भव भने नभएको छलफल कार्यक्रमका सहभागीहरुले बताएका छन् । छलफल कार्यक्रममा हेटौंडा अटोमोबाईल एशोसियसनका महासचिव ऋषिकुमार ढकाल, मोबाईल एशोसियसन मकवानपुरका निवर्तमान अध्यक्ष छतेन्द्र आचार्य, मकवानपुर विद्युत सामाग्री व्य. संघका नि. अध्यक्ष पवनकुमार भगत, कम्प्युटर एशोसियसन मकवानपुरकाका अध्यक्ष सन्तोष पाण्डे, मकवानपुर मुद्रण उद्योग संघका अध्यक्ष अजिव भट्टराईलगायतले आआप्mनो मन्तव्य राखेका थिए ।

छलफल कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, कासस दिवस पराजुलीलगायतले यो कदमलाई सबैले साथ दिनुपर्ने र यसको लागि सबै बस्तुगत संघसंस्थाले आआप्mना सदस्यहरुसंग थप छलफल गरी अघि बढ्नुपर्ने बताएका छन् । संघका महासचिव महेन्द्र राउतले संचालन गरेको छलफल कार्यक्रममा बोल्नुहुंदै अध्यक्ष न्यौपानेले न्यून विजकीकरण समस्या समाधानकालागि उद्योग वाणिज्य संघ निरन्तर लागिरहेको र यसलाई न्यूनिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघलगायत नेपाल सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।

न्यून विजकीकरणले साना तथा मझौला व्यवसायीहरु पीडित भएको बताउंदै अध्यक्ष न्यौपानेले यो कदमको शुरुवात मकवानपुरबाट हुनु खुशीको कुरा भएको पनि बताएका छन् । न्यून विजकीकरणकै कारण व्यवसायीहरुले करलगायतका विभिन्न समस्याहरुको सामना गर्दै आउनुपरेकोले आगामी दिनहरुमा आन्तरिक राजस्व कार्यालयसंग समन्वय गरी बस्तुगत संघसंस्थाहरुसंग विभिन्न अन्तक्र्रिया कार्यक्रमहरुको आयोजना गर्दै लगिने पनि संघका महासचिव एवम् कर समिति संयोजक महेन्द्र राउतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.