छिट्टै चिनियाँ इन्धन नेपाल आउने, नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न

  २०७३ असार २४ गते १४:५१     विकासन्युज

ganeshman_punभक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले छिट्टै चिनियाँ इन्धन नेपाल आउने बताएका छन् । चिनियाँ इन्धन नेपाल भित्रन लागेपछि नेपाली राजनीतिमाछुट्टै तरङ्ग उत्पन्न भएको समेत उनले बताए ।

रफत सञ्चार क्लबले यहाँ शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताए । चीनसँग इन्धन आपूर्तिको विषयमा भएको सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.