सर्वोच्च बारको चुनाव शनिवार, प्रगतिशील र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा

  २०७३ असार २४ गते १४:०६     विकासन्युज

रामप्रसाद भण्डारी

रामप्रसाद भण्डारी

काठमाडौँ, २४ असार । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहाल र प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले गरेका छन् ।
लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं छन् । सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन उम्मेदवारी दिएका छन् ।

प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरीले उम्मेदवारी दिएका छन् ।

शैलेन्द्रकुमार दाहाल

शैलेन्द्रकुमार दाहाल

दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

शनिबार ८ बजेदेखि मतदान

निर्वाचनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान सुरु भई अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए ।

पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । शनिबार नै ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.