अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध

  २०७३ असार २४ गते ६:५६     विकासन्युज

बैतडी, २४ असार । अप्टिकल फाइबर काटिदा बैतडीलगायत सुदूरपश्चिममा स्काइ फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

बर्दियामा अप्टिकल फाइबर काटिदा बिहीबार रातिदेखि नेपाल टेलिकमले प्रदान गर्दै आएको सबै प्रकारका इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्राविधिक रामजी घिमिरले बताए ।
उनले भने, “अप्टिकल फाइबर मर्मत कार्य भइरहेकाले सेवा रोकिएको हो, छिट्टै फोन सेवा र इन्टरनेट सेवा सुचारु हुनेछ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.