उद्योग महासंघको सल्लाहकार समिति गठन

  २०७३ असार २१ गते ९:३१     विकासन्युज

काठमाडौं, २१ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी कार्यदिशा र मार्गदर्शनका लागि महासंघकै पूर्व अध्यक्ष वासुदेव गिरीको सभापतित्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघले २३ औं राष्ट्रिय महाअधिवेशन तथा २०औँ केन्द्रिय महिला उद्यमी सम्मेलनबाट नर्वाचित कार्यसमितिलाई पूर्णता दिंदै महासंघको आगामी कार्यदिशा र मार्गदर्शनका लागि सल्लाहकार समिति गठन गरेको हो ।

सल्लाहकार समितिको सदस्यहरूमा आङ्गदेण्डी शेर्पा, लता प्याकुरेल, मनु के.सी, डा. विश्वकेशर मास्के, डा. पुष्पराज राजकर्णिकार, महेश कुमार अग्रवाल, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर र दिव्यदेव भट्ट रहेका छन् । यसैगरी समितिको कार्यकारी सल्लाहकार सदस्यहरूमा कृष्णराज अधिकारी र उर्मिला श्रेष्ठ (ढुंगाना) तथा सचिवमा होमराज आचार्यलाई चयन गरेको जनाएको छ ।

त्यस्तै, सल्लाहकार समितिको विवरणमा सभापति बासुदेव गिरी, कार्यकारी सल्लाहकार उर्मिला श्रेष्ठ कृष्णराज अधिकार र उर्मिला श्रेष्ठ लगाएत अन्य सदस्यहरु रहेका छन् । सदस्यहरुमा आङ्ग देण्डी शेर्पा, लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिका, महेश कुमार अग्रवाल, डा. विश्वकेशर मास्के, डा. इन्दिरा श्रेष्ठ, दिपक नरसिंह श्रेष्ठ, मनु के.सी., डा. चन्द्रमणि अधिकारी, रामकृष्ण कुंवर, दिव्यदेव भट्ट र होमराज आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.