नेपाल श्रीलंका उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश महर्जन निर्वाचित

  २०७३ असार १४ गते ८:०४     विकासन्युज

काठमाडौं, १४ असार । सोमबार नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाको नेपालका लागि श्रीलंकाका राजदुत डब्लु. एम. सेनेभिरत्नले उद्घाटन गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष रमेश महर्जनले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्दै लैजानु पर्ने बताए । साथै उनले दुई देशबीच लगानी, पर्यटन आदि संभावित क्षेत्रमा समेत आपसी समझदारीमा कार्य अगाडी बढाउनु पर्ने जनाएका छन्।

Nepal-SLR-chember-newly-eleनेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजश काजी श्रेष्ठले व्यापार मेला, प्रतिनिधि मण्डलको आदान प्रदान आदि आर्थिक तथा व्यापारिक क्रियाकलापहरु मार्फत काम अगाडी बढाउनु पर्ने बताए । श्रीलंकाका राजदुत सेनेभिरत्नले दुई देशबीचको आर्थिक, सामाजिक सुमधुर सम्बन्ध विस्तारमा दुतावासले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार सम्पन्न भएको उक्त सभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय केन्द्रिय कार्यसमिति र्निविरोध निर्वाचित गरेको छ । जसमा मानार्थ सदस्यमा डा. राजेश काजी श्रेष्ठ, निवर्तमान अध्यक्षमा भक्त बहादुर मल्ल रहेका छन् ।

त्यसै गरी उपाध्यक्षमा क्रमशः प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ, हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी, र सचिवद्वयमा प्रकाश गिरी, राम राजा आचार्य, त्यसै गरी कार्यकारीणी सदस्यहरुमा शिव कुमार अग्रवाल, अनुज मणी तिमलसिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय कुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको वाणिज्य संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.