सिलिन्डरको मापदण्ड छानबिन गर्न आयल निगमलाई निर्देशन

  २०७३ असार १० गते ९:३७     विकासन्युज

काठमाडौं, १० असार । आपूर्ति मन्त्रालयले हिमालयन पेट्रोकेमिकल प्रालिको रोक्का भएको ग्यास खरिद अनुमति(पिडिओ) फुकुवा गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

lp_gasनबकमन्त्रालयको निर्णयानुसार गत जेठ ७ गते खाना पकाउने ग्यास विस्फोट भई ललितपुरका सुरेश ताम्राकार र राजेश ताम्राकारको मृत्यु भएपछि मृतकका आफन्तलाई भौतिक क्षतिका लागि राहतस्वरूप ४० लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेका अवस्थामा विरोधका कार्यक्रम फिर्ता दिई सहमति भएपछि फुकुवा गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयको शुक्रबारको निर्णयानुसार प्रयोगमा ल्याइएका सिलिन्डर मापदण्डअनुसार भए/नभएकाबारे छानबिन गर्न पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.