अर्घाखाँचीे सिमेन्टले सफल वर्ष उत्सव मनायो

  २०७३ असार ६ गते ५:३६     विकासन्युज

काठमाडौं, ६ असार । अर्घाखाँची सिमेन्टले आफ्नो सफल वर्ष उत्सव मनाएको छ । उत्पादन सुरु गरेको डेढ वर्षमा नै नेपालमा अग्रणी सिमेन्ट कम्पनीको रुपमा पहिचान बनाउन सफल भएको भन्दै कम्पनीले सफल वर्ष उत्सव मनाएको हो । सफल वर्ष उत्सव कार्यक्रममा सिमेन्टका प्रमोटर ग्रुप, डिलर, ईन्जिनियरहरु, कन्ट्रयाक्टर लगायत अन्य सरकारी निकायका वरिष्ठ व्यक्तिहरुको पनि उपस्थिती थियो ।
archakhanchi
अर्घाखाँची सिमेन्टको ब्राण्ड एमबेसडर तथा नेपाल र भारतमा समेत लोकप्रियता कमाईसकेका कलाकार सुनिल थापाको पनि सहभागीता रहेको थियो । अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपिसि सिमेन्ट उत्पादन गर्ने नेपालका ठूला कम्पनीहरु मध्ये एक हो ।

भैरहवाको मैनहीया गाविसमा अवस्थित यो सिमेन्ट उद्योग आफ्नै चुनढुङ्गा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओपिसि सिमेन्ट भएको कम्पनीको दावी छ । यसले आफैं उच्चस्तरिय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको छ ।

हाल कम्पनीले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट (२४ हजार बोरा) उत्पादन गर्दै आएको छ । यस कम्पनीमा सिमेन्ट उत्पादनको क्षेत्रमा विगत लामो समय देखि अनुभव हासिल गरेका सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) उद्योगका जस्ता अनुभवी र प्रख्यात व्यावसायीक घरानाहरुको संलग्नता रहेको छ ।

रुपन्देहीको मैनहीयामा रहेको उद्योगमार्फत उच्चस्तरीय क्लिंकर र ओपिसि सिमेन्टको उत्पादन गरेर मुलुकलाई सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउने अर्घाखाँची सिमेन्टको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाई छ । यसमा प्रयोग हुने चुुनढुंगा अर्घाखाँचीको खाँचीकोटको चुनढुङ्गा नेपालकै सबैभन्दा उत्कृष्ट भनेर चिनिन्छ र त्यहि चुनढुङ्गा प्रयोग गरि यस उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ ।

अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गासँगै बक्साइट, आइरन ओर र रेड क्ले लगायतका कच्चा पदार्थहरु उत्पादन प्रकृयामा लानुभन्दा पहिले आफ्नै कारखानामा रहेको अत्याधुनिक ल्याबमा परिक्षण गरि अत्याधुनिक जर्मन् प्रबिधीको मेशिनद्वारा सिमेन्ट तथा क्लिंकर उत्पादन भैरहेको छ ।

कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका भन्छन्आ-फ्नो स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको छ । कम्पनीले आगामी दिनमा प्रति दिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीको यो लक्ष्य डेढ वर्ष भित्र पुरा गर्ने संकल्प गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.