अब युवा होइन नेपाली उत्पादनको निर्यात गर्छाैः मन्त्री पाण्डे

  २०७३ जेठ ३२ गते १२:१०     विकासन्युज

भक्तपुर , ३२ जेठ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने घोषणा गरेका छन् ।  त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेको पनि उनले बताए ।
som-prasad-pande
रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने–मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु बिदेश पठाउन सफल हुने बताएका हुन ।

पछिल्लो समयमा सबै राजनीतिक दलहरुको प्रमुख एजेन्डा आर्थिक बिकास हुनु राम्रो भएता पनि देशलाई आर्थिक समृद्धि तर्फ लान औद्योगिक बिकासबिना असम्भव रहकाले सबैभन्दा पहिला प्राथामिकता औद्योगिक बिकास भएकाले वर्तमान सरकार औद्योगिक बिकासमा केन्द्रित बनेको पाण्डेले बताए ।

सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको भन्दै मन्त्री पाण्डेले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकाशको लागि लगानी गर्न चीन र कोरिया तयार रहेको भन्दै कुरो भन्दा कामको शैलिले तिब्रता पाएको बताए । सात प्रदेशमा बिस्ता हुन लागेका औद्योगिक क्षेत्रमा नेपालमा उत्पादित कच्चा पदार्थबाट निर्माण हुने वस्तुहरुलाई पहिलो सूचीमा राखेको र हस्तकलाबाट निर्मित वस्तुको प्र्रबद्र्धन गर्दैै बुहुराष्ट्रिय कम्पनीहरुको लगानीलाई समेत समेट्दै औद्योगिक क्षेत्रको बिस्तारमा अघि बढेको बताए ।

दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खनन्सँगै अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरि व्यवसायिकरुपमा उत्पादन गर्ने र तिन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन् कार्य सकिने भन्दै मन्त्री पाण्डेले नेपालको १० स्थानमा उक्त कार्य जारी रहेको बताए ।

सरकार परिवर्तनतको बिषय हल्ला मात्र भएको भन्दै सरकार परिवर्तन २०७४ माघ सम्म कसैले चाहेर पनि नहुने यदि यसो भएमा संबिधान नै संसोधन गर्नु पर्ने टिप्पणी गरे । संविधानको धारा २ सय ९८ अनुसार सरकार बनेकाले गठबन्धनको एक दल मात्र बाहिरे पनि देशमा संवैधानिक संकट आउन सक्ने मन्त्री पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.