अर्घाखाँची सिमेन्टद्वारा निर्माण कर्मीलाई तालिम प्रदान

  २०७३ जेठ २१ गते ४:५१     विकासन्युज

arghakhachi_cement-150x150काठमाडौं, १८ जेठ । अर्घाखाँची ओ.पि.सि. सिमेन्ट प्रा.लिले पेप्सीकोला, तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ । साथै, कम्पनीले कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण पनि गराएको छ ।

उक्त कार्यक्रममा कम्पनीका इन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्टराईद्धारा तालिम प्रदान गरिएको थियो । त्यस्तै, उद्योगका सिनियर मेनेजर रमेश थापाले उच्च गुणस्तरको सिमेन्ट भएकोले अर्घाखाँची सिमेन्टले छोटो समयमै बजारमा लोकप्रियता हाशिल गरेको बताए ।

त्यस्तै मैनहीयामा अवस्थित अर्घाखाँची ओ.पि.सी. सिमेन्ट उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) सिमेन्ट उत्पादन गरि बजारमा उपलब्ध गराउदैँ आएको कम्पनीको विज्ञेप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.