ग्रीनसिटी अस्पतालमा निःशुल्क ओपन हार्ट सर्जरी

  २०७३ जेठ २० गते १०:५१     विकासन्युज

green_cityकाठमाडौं, १८ जेठ । ग्रिनसिटी अस्पतालले ओखलढुंगा स्थित कुन्तादेवी गाविसका ३४ वर्षिय मुटुरोगी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । काठमाडौंमा मजदुरी गर्दै आएका धमलाको ओपन हार्ट सर्जर बरिष्ठ मुटु शल्य चिकित्सक डा. अनिल भट्टराई नेतृत्वको टोलीले गरेको हो ।

मजदुरी गरी गुजारा चलाईरहेका धमलाको लागि आवश्यक करीब ४ लाख रुपैंयाँ खर्च लाग्ने ओपन हार्ट सर्जरी सेवा निःशुल्क उपलव्ध गराएको हो । त्यसका लागि सेभ द हार्ट, नेसनल हार्ट सेन्टर र अस्पताल स्वयंले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

६ महिनाभित्र ग्रिनसिटी अस्पतालले १६ वटा ओपन हार्ट सर्जरी गरिसकेको छ ।
मुटुरोगी धमलाको जन्मजात मुटुमा प्वाल एवम् पिएपीभिसी अर्थात फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो । नेपालको ईतिहासमा डा. भट्टराईले आफुले उक्त रोगको उपचार पहिलोपटक मिनिमल ईन्भ्याजिभ सर्जरी (सानो घाउबाट ओपन हार्ट सर्जरी) मार्फत सम्पन्न गरेको बताए । शल्यक्रियामा डा. भट्टराईलाई सर्जन डा. रन्जन सापकोटा, एनेस्थेसिया डा. विभुष श्रेष्ठ र डा. आशिष अमात्य, पर्फुजनिष्ट तथा स्टाफ नर्सहरुले सघाएका थिए । डा. भट्टराईले यस अघि पनि २०७२ आश्विन र मंसिरमा यसै गरी नेपालकै दुर्गम कालिकोट र धादिङ्ग जिल्लाका १० जनाको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको जानकारी गराएका थिए ।
गतहप्ता मात्रै आर्थिक रुपमा विपन्न नुवाकोट बागेश्वरी गाविस वडा नं. ३ चोगातेका १२ वर्षिय सुजन तामाङ्गको ढाडको नशाको निःशुल्क शल्यक्रिया नशारोग विशेषज्ञ डा. माया भट्टचनले गरेकी थिइन ।
ग्रिनसिटी अस्पतालमा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल सहित अमेरिका, अष्ट्रेलिया, हङकङ्ग, युके र नेपालका व्यवसायीहरुले लगानी गर्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.