मृगौला रोगीको डायलासिस निःशुल्क, मासिक २४ हजार खर्चबाट विरामी मुक्त

  २०७३ जेठ २० गते १०:५०     विकासन्युज

kidneyकाठमाडौं, ३१ बैशाख । मृगौला रोगिको लागि सुखद समाचार छ । अब मृगौला रोगीले हेमाडायलासिस उपचार निःशुल्क गर्न पाउने भएको छन् । हेमाडायलासिस गर्न विरामीले महिनमा कम्तिमा २४ हजार रुपैयाँ खर्च गर्नु पथ्र्यो । उक्त खर्च अब सरकारले नै बेहोरर्ने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मृगौला रोगीको हेमाडायलासिस गर्न लाग्नै सबै खर्च सरकारले बेहोर्ने र विरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले विरामीलाई २ महिनासम्म हेमाडायलासिस निःशुल्क गर्ने सक्ने सुविधा दिदै आएको थियो । त्यसपछि लाग्ने खर्च विरामी आफैले तिर्नु पर्दथ्यो । हाल नेपालमा एक हजार छ सय मृगौला रोगिले डायलासिस विधिबाट उपचार गर्दै आएका छन् । यस्तो रोग लागेको विरामीले मृगौला प्रत्यारोपण नगरेसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.